
दाङ, २६ भदौ ।
दाङमा भोली(शुक्रबार) विहानसम्म कर्फ्यु थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले विहीबार कर्फ्यु थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार विहान ५ बजेसम्म कर्फ्यु थप गरिएको हो । यस अघि विहीबार राति १२ बजेसम्म मात्रै कर्फ्यु लगाईएको थियो । सुरक्षा समितिको सिफारिशका आधारमा थप गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । यस्तो समयमा तोकिएको सीमा भित्र आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाईने उहाँले बताउनुभयो ।
तुलसीपुरमा पूर्व–हात्तीखौवा, पश्चिम– कृष्ण मन्दिर, उत्तर आँखा अस्पताल र दक्षिण एयरपोर्टमा नेपाली सेना तैनाथ गरिएको छ । जहाँबाट प्रवेश गर्न निषेध गरिएको छ ।
जिल्लामा राप्ती गाउँपालिकास्थित प्रदेश सभा, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्र र भालुवाङमा क्षेत्रमा गोपीनाला, पूर्वमा भालुवाङ पुल तोकिएको छ ।
त्यसैगरी घोराही उपमहानगरपालिका क्षेत्रमा झिगौरा चोक, दक्षिणमा प्रहरी वोर्डिङ स्कूल देखि गोरखा वोर्डिङ स्कूल नजीकको कटुवा खोला पुल, पूर्वमा मितेरी हस्पिटल देखि रझेना स्कूलसम्म र उत्तरमा फुर्सेकाली, ढोरेनी स्कूल देखि सेवार खोला पुलसम्म तोकिएको छ । त्यस्तै लमहीमा पूर्वमा– अर्नवा, पश्चिममा अर्जुन खोला पुल र दक्षिणमा कोलही पुलसम्म तोकिएको छ ।



लाइभदाङ । २६ भाद्र २०८२, बिहीबार १८:४८ बजे