तुलसीपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

तुलसीपुर
९ वैशाख / दाङको तुलसीपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आगामी ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनकालागि तुलसीपुरमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । सरकारी वकिल कार्यालयमा विहीबार उक्त कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए ।


उनका अनुसार मतगणना पनि सोही कार्यालयमै हुनेछ । त्यसकालागि आज राजनीतिक दल,सुरक्षाकर्मीहरुसंग पनि छलफल भएको थियो ।

साथै मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा स्थापना भएको छ, भने दाङका अन्य स्थानीय तहमा पनि कार्यालय खुलेका छन् ।