निजामति कर्मचारी संगठनद्वारा असहाय बालबालिकालाई शैक्षिक सामग्री

तुलसीपुर, ७ बैशाख ।

नेपाल निजामती कर्मचारी संगठनको ३२ औँ स्थापना दिवसका आवसरमा आज तुलसीपुर स्थित दिदी घर संस्थाका असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । संगठनको जिल्ला कार्यसमिति दाङले बुधबार त्यहाँ रहेका २४ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । झोला,कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको हो । संगठन दाङको आयोजना तथा तुलसीपुर नगर कमिटिको ब्यबस्थापनमा उक्त कार्यक्रम भएको हो ।


संगठनका जिल्ला अध्यक्ष शेर बहादुर केसीको अध्यक्षता तथा एमालेका लुम्बिनी प्रदेशका सचिबालय सदस्य टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण संगठनका जिल्ला सचिब बाबुराम न्यौपनेले गरेका थिए ।