पुर्वहापुरे सामुदायिक वनकाे २५ औं साधारणसभा सम्पन्न 

हापुरे, ९ मंसिर  । 
दाङको बबई गाउँपालिका रहेको पुर्वहापुरे सामुदायिक वन उपभोक्ता समुहको २५ औं शाधारण सभा सम्पन्न भएको छ। सामुदायिक वनका अध्यक्ष डम्बरबहादुर श्रीस मगरको अध्यक्षता बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको प्रमुख आतिथ्यता तथा पुरन्धारा सव डिभिजन वन कार्यालयका प्रमुख प्रभात कुमार दाहालको बिशिस्ट आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

सामुदायिक वनकि उपाध्यक्ष नुमा केसिको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभाले कोषाध्यक्ष दर्शना भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन पारित गरेको छ भने अध्यक्ष डम्बरबहादुर श्रीस मगरले प्रस्तुत गर्नुभएको ८२ लाख पचहत्तर हजार रुपैयाँ बराबरको बजेटको प्रस्तावित कार्यक्रम सहितको बार्षिक प्रतिबेदन संसोधन सहित पारित गरेको छ।

साधारणसभामा बबई गाउँपालिका वडा नम्बर  ४ का अध्यक्ष टेक वहादुर वली, प्रगतिशील प्रावि पुर्वहापुरे प्र.अ जित बहादुर केसि रेडियो हापुरेका प्रमुख रामप्रसाद सुवेदी, सामुदायिक वनका पुर्ब अध्यक्ष तथा लेखा परिक्षण समितिका संयोजक परेकलाल बुढा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।


सामुदायिक वनका सचिव कृष्ण बहादुर वलीले सञ्चालन  गरेको साधारणसभामा गरिवि निवारण तथा घुम्ति कार्यक्रमका अनुसासित सदस्यका रुपमा समृद्धी सामुदायिक वन समुहकि अध्यक्ष दमन्ति थापा मगर, उत्कृष्ट समुहका रुपमा केन्द्र नम्बर १९ बर्खेगोठरी सामुदायिक वन समुह र उत्कृष्ट कर्मचारीका रुपमा सामुदायिक वनका वन रक्षक थम्मन सिंह बिर्कट्टालाई सम्मान समेत गरिएको थियो ।