युवा संघ नेपालको बृहत जिल्ला भेला

दाङ, ६ बैशाख ।

युवा संघ नेपालको बृहत जिल्ला भेला आज तुलसीपुरमा भएको छ । युवा संघ नेपालका दाङ जिल्ला अध्यक्ष हरिष गिरीको अध्यक्षता तथा नेकपा समाजवादी पार्टीका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


कार्यक्रममा केन्द्रिय सदस्य शारदा स्वणर्कार, हिराचन्द्र केसी, जिल्ला अध्यक्ष सुरामणी बेलबासे र प्रदेश कमिटी सदस्य भुपबहादुर केसी लगायतले बोल्नु भएको हो ।

जिल्ला उपाध्यक्ष सन्तोष वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव र्हुमत गिरीले गर्नु भएको जिल्ला प्रचार विभाग प्रमुख दिपक कुमालले जानकारी दिनुभयो ।