
रोल्पा, २१ साउन ।
रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार सुनछहरी गाउँपालिका १ फुलिबन नजिकै रहेको बाच्छे खोलाले बुधबार एक वृद्धलाई खोला तर्ने क्रममा बगाएको हो ।
सामाजिक सुरक्षा (बृद्ध) भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङ्बाट फर्कदै गरेका सुनछहरी गाउँपालिका–१ घुसबाङका ७३ वर्षका मसान घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै अर्का जोखै घर्ती मगर घाइते भएको र घाइते घर्तीलाई स्थानीय र प्रहरीले उद्धार गरि पचारका लागि सुलिचौर पठाइएको छ ।



लाइभदाङ । २१ श्रावण २०८३, बिहीबार ०८:५७ बजे