प्रेस चौतारी नेपालले बबई गाउँपालिकामा संचार डेस्क स्थापना गर्ने

रामप्रसाद सुवेदी 
हापुरे, ०२ बैसाख ।

प्रेस चौतारी नेपाल बबई कमिटीको पहिलो बैठक हापुरेमा सम्पन्न भएको छ। प्रेस चौतारी नेपाल बबई कमिटीका संयोजक हिमाल खड्काको अध्यक्षता,नेकपा एमालेका प्रदेश सदस्य एबम् बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यता एवम् प्रेस प्रेस चौतारी नेपालका दाङ जिल्ला उपाध्यक्ष प्रेम बहादुर राम्जाको बिशिस्ट आतिथ्यता बैठक सम्पन्न भएको हो ।

बैठकले आसन्न स्थानीय तह निर्वाचन अबधीभर हुने विभिन्न गतिविधिहहरुको सुचना संकलन तथा ब्यवस्थापनका लागि प्रेस चौतारी बबईको संचार डेस्क स्थापना गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी प्रेस चौतारी नेपाल बबईका सचिव रामप्रसाद सुवेदीलाई दिने दिने निर्णय गरेको छ।


साथै आउदो स्थानिय निर्वाचनमा बबई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष त्यस्तै ७ वटै वडाबाट नेकपा एमालेका तर्फबाट चुनावमा उठ्ने अध्यक्षका उमेदवारहरुको चुनावी प्रचारप्रसार सम्बन्धी सम्पूर्ण गतिविधिहरुको समाचार संकलनका लागि १ उमेदवार १ पत्रकारको ब्यबस्था गर्ने निर्णय गरेको छ।

आउदो चुनावमा गाउँपालिका अध्यक्षको उमेदवारका लागि प्रेमबहादुर राम्जा र हिमाल खड्का, उपाध्यक्षका लागि सुहाना सुनार, वडा नम्बर १ का लागि पवित्रा कवर,२ का लागि दुर्गा घर्ती, ३ मा चन्द्रा वली,वडा नम्बर ४ मा दिपक परियार, ५मा रामप्रसाद सुवेदी ६ मा डिल्ली चौधरी र वडा नम्बर ७ मा डम्बर बहादुर पुनलाई परिचालन गर्ने निर्णय गरेको छ।