एमाले महासचिबको जिल्लामा पुनः प्रतिनिधि छनोट गर्न माग

दाङ, १५ मंसिर ।
एमाले महासचिब शंकर पोख्रेलको जिल्ला दाङमा प्रतिनिधि छनोटमा विवाद देखिएको छ । एकलौटी ढंगले प्रतिनिधि छनोट गरिएको भन्दै लुम्बिनी प्रदेशकमिटि सदस्य कृष्ण प्रसाद भुषालले सोमबार प्रेस विज्ञप्ति जारी गरि षडयन्त्र र जालझेलद्वारा प्रतिनिधि छनोट गरिएको भन्दै बदर गर्नुपर्ने माग राखेका हुन् ।

१३ गते महाधिवेशन प्रतिनिधि चयन गर्ने केन्द्रीय नीति रहेपनि पार्टीको निर्देशिका विपरित १२ गते नै आफू अनुकूल ब्यक्तीको सूचि सार्वजनिक गरेको उनको भनाई छ ।


न्यूनतम मापदण्ड समेत पूरा नभएका ब्यक्तीलाई समेत प्रतिनिधिमा छनोट गरेको उनको भनाई छ । भुषालले निर्देशिका बमोजिम निर्वाचन प्रक्रियाद्वारा प्रतिनिधि छनोट गर्न समेत माग गरे ।