तुलसीपुरमा यात्रुबहाक जीप दुर्घटना, घाईतेको अबस्था सामान्य

तुलसीपुर
२५ चैत / दाङको तुलसीपुरमा यात्रुबहाक जीप दुर्घटनामा परेको छ ।

तुलसीपुर बजारबाट तुलसीपुर १ स्थित काफलठुटा जाने क्रममा जीप दुर्घटना हुँदा ८ जना घाईते छन्।


ति मध्ये तीन जनाको डिस्चार्ज भइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनका अनुसार अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । अबस्था सामान्य रहेको उनको भनाई छ ।

शुक्रबार बेलुका ५ बजेतिर रा १ ज ८३२ नम्बरको जीप ब्रेक फेल हुँदा दुर्घटना भएको हो । तुलसीपुर १ को बाह्रमौजा नजिक दुर्घटना भएको हो ।