हाम्रा पाईला दोस्रो बर्षमा..

विज्ञान र प्रबिधिको विकाससंगै सञ्चार माध्यामको दायरा पनि फराकिलो हुँदै गएको अवस्था छ । कुनै बेला समाचार थाहा पाउन हप्ता दिन कुर्नु पर्ने अबस्था थियो । तर, अहिले त्यो अबस्था छैन ।

यातायात, विज्ञान, प्रबिधिको पहुँच बृद्धिसंगै आम नागरिकको सूचनाको हकको अधिकार प्राप्तीमा सहज भएको छ । गाउँ–गाउँबाट पनि अनलाईन सञ्चार माध्याम सञ्चालन भएका छन् । जसले गर्दा पनि दुरदराजका आवाजहरुलाई सञ्चार माध्याममा सहजै ‘कभर’ हुने गरेका छन् । अनलाईन सञ्चार माध्यामको पछिल्लो फड्कोले सञ्चार माध्यामको विकासमा महत्वपूर्ण टेवा पु¥याएको छ । तर, अनलाईन सञ्चार माध्यमले आफ्नो विश्वसनीयता भने बन्न सकेको अबस्था छैन । अझै पनि विश्वसनीयताकालागि छापा माध्याम, मुलधारका सञ्चार माध्याम, रेडियो, टेलिभिजन नै खोज्ने गरिएको छ ।

राज्यको स्पष्ट नीति नहुँदा पनि अहिले अनलाईन सञ्चारमाध्याम संक्रमणकालिन अबस्थामै छन् । अनलाईन सञ्चार माध्यामले मुलधारका सञ्चार माध्यमसंग टक्कर दिन आएपनि हरेक माध्यामका आ–आफ्नै विशेषताहरु छन् । छापा माध्यामको आफ्नै विशेषताहरु छन्, रेडियो, टेलिभिजनका विशेषता आफ्नै छन् । त्यसैले अहिले कुनै पनि सञ्चार माध्याम ओझेलमा पर्ने भन्ने कुरा रहदैन । बजारको आबश्यकता भन्दा बढि छापा माध्यामहरु भए, केही छापा माध्याम बन्द हुन सक्छन्, केही टेलिभिजन बन्द हुन सक्छन्, केही रेडियोहरु बन्द हुन सक्छन्, तर उनीहरुको भूमिका समाजकालागि अतिआवश्यक नै हुन्छ । त्यसैले उनीहरुको अस्तित्व मेटिदैन । तर, पत्रकारिताको ‘कोड अफ कन्डक्ट’ मा रहनु पर्छ नै । मुलुकमा संघीयताको अभ्यास भइरहेको छ ।

मुलुकमा तीन तहका सरकार छन् । ति मध्ये जनताको नजिकको सरकार घर आगणमै पुगेको अवस्था छ । अब सञ्चार माध्याम पनि घर आँगणमै पुग्नुपर्छ । जब सरकार गाउँ पस्छ, सञ्चार माध्यामलाई पनि गाउँ पस्न मद्दत पु¥याउछ । जब स्थानीय तहहरुमा जनप्रतिनिधिहरु आए, तब सञ्चार माध्यमले गाउँ–गाउँमा भएका विकास निर्माणका कुराहरु, समस्याहरु सञ्चार माध्याममा बढि स्थान पाउने गरेका थिए । अब सञ्चार माध्याम पनि स्थानीय तह केन्द्रीत हुन अबश्यक छ । वडा–वडा, गाउँ–गाउँका विकासका कुराहरु सञ्चार माध्याममा आउनुपर्छ । गाउँ–गाउँका समस्याहरुले सञ्चार माध्याममा स्थान पाउनु पर्छ । त्यसकालागि प्रत्येक स्थानीय तहमा छापा माध्याम पुग्नुपर्छ । ग्रामिण क्षेत्रको एउटा स्थानीय तहमा एउटा साप्ताहिक स्तरको छापा माध्याम तथा रेडियो सञ्चालन ल्याउन सकिन्छ ।


गाउँमा सञ्चारको पहुँच पुग्नु भनेको विकासित स्थानीय तहको एउटा सूचक पनि हो । त्यसैले सञ्चार माध्यामको भूमिकालाई अझै फराकिलो बनाउन आबश्यक देखेरै हामीले‘स्वाधीनता,समृद्धि र समाजवादको यात्रा’ नारा दिएर दाङको तुलसीपुरबाट ‘अग्रिम साप्ताहिक’ पत्रिका सञ्चालनमा ल्याएको एक बर्ष पूरा भएर दोस्रो बर्षमा प्रवेश गरेका छौं । हामी छापा माध्याम मात्रै होईन्, सोही पत्रिकाको अनलाईन न्यूज पोर्टल(www.livedang.com) पनि सञ्चालनमा ल्याएका छौं । सञ्चार माध्यमलाई नयाँ शैलीबाट सञ्चालन गर्ने प्रयत्न गरेका छौं । सञ्चार माध्यामलाई दिगो बनाउन ‘नयाँ पन’ आबश्यक हुन्छ नै ।

हामीले विगतमा जिल्लामा जुन शैलीमा सञ्चार माध्यम सञ्चालनमा थिए, त्यो भन्दा नयाँ शैलीबाटै पत्रकारिताको अभ्यास गरिरहेका छौं । एक बर्षको दौरानमा त्यसको प्रभाब हामीले देख्न पायौं । दूरदराजका आवाजहरु हाम्रा प्राथमिकतामा परे । आवाजहिनका आवाजहरु बोल्यौं । सत्य, तथ्य र विश्वसनीयताको धर्म निर्वाह गर्दै समृद्धिकालागि हाम्रा पाईलाहरु अघि बढिरहे । त्यसमा आम पाठकवर्ग, विज्ञापनदाता, कर्मचारीसम्पूर्णको साथ र सहयोग रह्यो नै । आगामी दिनमा पनि साथ र सहयोगको पूर्ण अपेक्षामा छौं ।

प्रकाशक – दिपक बोहरा