प्रेस चौतारी नेपाल बबईकाे संयोजकमा खड्का, सचिवमा सुवेदी  ।।

रामप्रसाद सुवेदी ।
हापुरे चैत २२ गते ।
 प्रेस चौतारी नेपाल बबई गाउँपालिकाको संयोजकमा हिमाल खड्का चयन हुनुभएको छ। बबईमा आज एक कार्यक्रमका बिच खड्काको संयोजकत्वमा ९ सदस्यीय समिती गठन गरिएको हाे । समितिको सचिवमा राम प्रसाद सुवेदी रहनु भएको छ भने  सदस्यहरुमा पवित्रा कुवर,दुर्गा घर्ती,चन्द्रा वलि कृष्ण  बिश्वकर्मा,सुहाना सुनार, डम्बर पुन मगर र डिल्ली चौधरी  रहनु भएको छ।
प्रेस चाैतारी नेपालकाे एक वडा एक पत्रकार अभियानलाई सार्थकता दिन पछिल्लो समय चाैतारीले पालिका स्तरमा समिति निर्माण भईरहेकाे छ । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सबिन प्रीयासन, केन्द्रीय सदस्य गणेश आचार्य,जिल्ला अध्यक्ष ईन्द्र डि.सी,बरिस्ठ उपाध्यक्ष प्रेम बहादुर राम्जा लगायतको उपस्थितिमा समिति गठन गरिएको हाे ।