टिपरको ठक्करबाट एकको मृत्यु

बाँके, १५ चैत ।

नेपालगन्जस्थित राँझा एयरपोर्ट चोकमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुम्लाको सिमकोट गाउँपालिका– २ ठेहे घर भएका ७० वर्षीय वीरबली भण्डारी रहेका छन् ।


कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे‍‍‍‍‍‍‌‍‍‍‍‍.१ क ६५७ नम्बरको टिपरले भण्डारीलाई ठक्कर दिएको कोहलपुर प्रहरीले जनाएको छ । भण्डारीको मृत्युपछि मृतकका आफन्तले नेपालगन्ज राँझा चोकमा धर्ना दिएका छन् । मृतकको शव पोस्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल लगिएको छ ।