कठाहामा दुई हजार सात सय बढी बिरुवा रोपियो

तुल बहादुर कवँर मगर
भालुबाङ, १८ असार ।
दाङको राप्ती गाउँपालिका–२ कठाहामा दुई हजार सात सय बढी बिरुवा रोपियो छ।

कठाहा सार्वजनिक वन उपभोक्त समूहको आयोजना तथा राप्ती गाउँपालिकाको सहयोगमा राप्ती नदिको तटिय क्षेत्रमा रहेको करिब ५ हेक्टर सार्वजनिक जग्गामा मंगलबार उक्त बिरुवा रोपिएको गाउँपालिकाका वन प्राविधिक विपिन भुसालले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिकाको वन विकास कार्यविधि २०८१ अनुसार सो क्षेत्रमा आँप, लिची, अम्बा, अमला, बेल, निम, बडहर, कटहर, मौवा, चिउरी, लाकुरी, कल्की, जामुन, सित्तलचिनी, गुल्मोहर, निलमर लगायत विभिन्न प्रजातिका २ हजार ७ सय बढी बिरुवाहरु रोपिएको प्राविधिक भुसालले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरीले वडामा रहेका सार्वजनिक जग्गालाई हरियाली बनाउनुका साथै त्यसबाट लाभ लिने उद्देश्यले बिरुवा रोपिएको बताउनुभयो ।


त्यस्तै अध्यक्ष चौधरीले वातावरण संरक्षण र दिगो विकासमा सबैको सामूहिक सहभागीता हुनुपर्ने बताउनुभयो । सार्वजनिक वन उपभोक्त समूहका अध्यक्ष अशोक चौधरीले बिरुवा संरक्षणको पाटो उपभोक्ता समूहको भएको बताउदै वनबाट उपभोक्तहरुको जीवनस्तरमा समेत परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

वृक्षारोपण कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी,जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेस चौधरी,राप्ती गाउँपालिका कार्यपालिका सदस्य रण बहादुर पुजाली, सार्वजनिक वन उपभोक्त समूहका अध्यक्ष अशोक चौधरी तथा पदाधिकारी लगायत उपभोक्तहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

उक्त क्षेत्रमा रहेको करिब २० हेक्टर जग्गालाई सार्वजनिक वन बनाउने उदेश्यले गत महिना विभिन्न प्रजातिका १ हजार ८ सय बिरुवा रोपी सकिएको छ भने अन्य करिब २० हजार बिरुवा रोप्ने तयारी समेत गरिएको बताइएको छ ।