बबई गाउपालिकाको हापुरेमा दुई दीने आधारभुत पत्रकारीता तालीम सुरु

रामप्रसाद सुवेदी

हापुरे २१ चैत ।
दाङको बबई गाउपालिकाको हापुरेमा दुई दीने आधारभुत पत्रकारीता तालीम सुरु भएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाको आयोजना तथा बबई गाउपालिकाको आर्थीक सहयोगमा सरु भएको पत्रकारीता तालिमको सोमबार एक कार्यक्रमका बिच उद्धघाटन गरीएको हो।


प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष इन्द्र डी।सीको अध्यक्षता तथा बबई गाउपालिकाकी उपाध्यक्ष साबित्रा बिश्वकर्माको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । तालिममा बबई गाउपालिका र शान्तिनगर गाउँपालिकाका ३२ जनाको सहभागिता रहेको छ भने आजको प्रशिक्षकमा छवि पुरी, रन्जिता शर्मा गणेश आचार्य र टीका बस्नेत रहनुभएको थियो ।

प्रेस चौतारी नेपाल दाङ शाखा बरिस्ठ उपाध्यक्ष प्रेम बहादुर राम्जाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा प्रेस चौतारी नेपाल दाङ शाखा सल्लाहकार रन्जिता शर्मा, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य बालकृष्ण पाण्डे, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य गणेश आचार्य, बबई गाउँपालिका प्रवक्ता टंकरााज बिक लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण प्रेस चौतारी नेपाल दाङ शाखा सहसचिव एकराज भण्डारीले गर्नुभएको थियो ।