तुलसीपुर नगर जेसीजको अध्यक्षमा शर्मा

तुलसीपुर, १५ पुस ।
तुलसीपुर नगर जेसीजको वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरिएको छ। हालै सम्पन्न अधिवेशनबाट कमल प्रकाश शर्मालाई अध्यक्षमा चयन गरिएको छ ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा शिव न्यौपाने र सागर न्यौपाने, उपाध्यक्षमा पारस न्यौपाने, छबिन रावत, नितेश सोनी र सागर चौधरीलाई चयन गरिएको छ ।


यसैगरी, सह–सचिव पदमा सजित रावत चयन गरिएको छ । जेसिजको नेतृत्व प्रत्येक वर्ष फेरिन्छ ।