तुलसीपुर ३ मा ३४ जनाले एमालेमा प्रवेश गरेको दावी

तुलसीपुर
२१ चैत / तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ बाट ३४ जनाले एमालेमा प्रवेश गरेको दावी गरिएको छ । काँग्रेस, माओवादी र एकीकृत समाजवादी परित्याग गरि ३४ जना एमालेमा प्रवेश गरेको दावी छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का बडाध्यक्ष वीरबहादुर बिकको अध्यक्षता तथा एमालेका केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि उनीहरुलाई स्वागत गरिएको हो ।


त्यस अवसरमा एमाले नेता टिकाराम खड्का, कृष्ण भुषाललगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण हिरा विकले गरेका थिए ।