तुलसीपुरमा पहिलो दिन २७ हजार बढिले खाए हात्तिपाईले विरुद्धको औषधी

तुलसीपुर,११ फागुन । दाङको तुलसीपुरमा पहिलो दिन नै २७ हजार बढिले हात्तिपाईले विरुद्धको औषधी खाएका छन् ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पर्बद्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीका अनुसार पहिलो दिन विहीबार २७ हजार ४२९ जनाले हात्तिपाईले विरुद्धको औषधि सेवन गरेका हुन् ।

तुलसीपुरमा लुम्बिनी प्रदेशका स्वास्थय मन्त्री विष्णु पन्थी र नगर प्रमुख टिका राम खड्काले औषधी खाएर कार्यक्रम सुरु गरेका थिए ।
तुलसीपुरमा पहिलो दिन उत्साजनक देखिएको उनले बताए ।


पहिलो दिन तुलसीपुरका १४.८६ प्रतिशतले औषधी सेवन गरेका छन् । शुक्रबारदेखि घरदैलो र विद्यालयहरुमा पुगेर औषधी खुवाईनेछ ।

कुन वडाका कति जनाले औषधी खाए ?

वार्ड नं १ : १३२३ जना
वार्ड नं २ : १८३६ जना
वार्ड नं ३ : १२७१ जना
वार्ड नं ४ : १०५३ जना
वार्ड नं ५ : १३८२ जना
वार्ड नं ६ : ५०६ जना
वार्ड नं ७ : ४२३५ जना
वार्ड नं ८ : २०७३ जना
वार्ड नं ९ : १२२२ जना
वार्ड नं १० : ८०१ जना
वार्ड नं ११ : २०५८ जना
वार्ड नं १२ : १६०० जना
वार्ड नं १३ : ८०१ जना
वार्ड नं १४ : १२१७ जना
वार्ड नं १५ : १६०८ जना
वार्ड नं १६ : ९७५ जना
वार्ड नं १७ : १९१५ जना
वार्ड नं १८ : ५८८ जना
वार्ड नं १९ : ९६५ जना