तुलसीपुरमा धारिलो हतियार प्रहार गरि श्रीमानको हत्या

तुलसीपुर
१३ भदौ / दाङको तुलसीपुरमा एक महिलाले धारिलो हतियार प्रयोग गरि श्रीमानको हत्या गरेकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ निवासी ५६ बर्षीया देविकुमारी योगीले आफ्ना ७८ बर्षीय श्रीमान खेमलाल पुरीलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए ।


उनका अनुसार गएराति २ बजेतिर उक्त घटना भएको हो । धारिलो हतियार प्रयोग गरि हत्या गर्ने उनकी श्रीमति देविकुमारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुन हतियार प्रयोग गरेको , के कारणले घटना भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।