नेपाली कांग्रेसको राप्तीमा उम्मेद्धारी घोषणा

दाङ २० चैत ।

नेपाली कांग्रेस राप्ती गाउँपालिकाको आयोजनामा आसन्न स्थानिय निर्वाचनलाई लक्षित गरेर अन्तरक्रिया तथा अध्यक्ष र उपाध्यक्षमा पदमा उम्मेद्धारी घोषणा कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रमा नेपाली कांग्रेसको तर्फवाट राप्ती गाउँपालिकाको अध्यक्ष पदमा बर्तमान अध्यक्ष  नुमानन्द सुवेदि, पार्टि सभापति विद्याशरण चौधरी, महाधिबेशन प्रतिनिधि चन्द्र बहादुर जिसी, महाधिबेशन प्रतिनिधि हरि भुसाल, निवर्तमान प्रदेश सभा १ सभापति तारा बहादुर डिसी, जिल्ला सदस्य लाल महोम्मद मिया, पुर्व महाधिबेशन प्रतिनिधि दोर्ण भुसाल, युवा तथा शहिद पुत्र बुद्धि प्रकाश चौधरीले उम्मेद्धारी घोषणा गर्नु भएको छ ।
त्यसौ गरि उपाध्यक्षमा बर्तमान उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, जिल्ला सदस्य शोनु भण्डारी, पालिका उपसभापति स्यामा रावत डागी, प्रदेश महाधिबेशन प्रतिनिधि मेनुका गिरीले उम्मेद्धारी घोषणा गर्नु भएको छ ।


लुम्बिनी प्रदेश सदस्य देव नारायण चौधरीको प्रमुख आथित्यता, तथा संवीधान सभा सदस्य शुसिला चौधरीको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा गठवन्धनका विषयमा अन्तरक्रिया गरिएको थियो । विचार ब्यक्त गर्ने क्रममा महाधिबेशन प्रतिनिधि विलोचन चौधरी, असोदा चौधरी लगायतले गठवन्धनका विषय सवल र दुर्वल पक्षको समिक्षा गर्नुभएको थियो ।
कार्यक्रममा पालिका सचिव तिर्थराज ज्ञवालीले कार्यक्रमको सहजिकरण  र संगठन विभाग प्रमुख सुरेन्द्र भुसालले स्वागत गर्नु भएको थियो ।