संजालको अध्यक्षमा देबकोटा चयन

निराश पान्डे
शान्तिनगर, १२ भदौ ।
समाज रुपान्तरणको मुख्य आधार बिकास र सुशासन हाम्रो अभियान भन्ने मुल नाराका साथ युबा संजाल शान्तिनगरको प्रथम साधारण सभा सनिवार चिराघाटमा सम्पन्न भएको छ।

संजालका संस्थापक अध्यक्ष कर्णदिप देबकोटाको अध्यक्षतामा भएको साधारणसभाले पुन दोस्रो कार्यकालका लागि कर्णदिप देबकोटाको अध्यक्षतामा सर्बसम्मत रूपमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा सुशील के सि, सचिब जीवन अधिकारी , कोषाध्यक्ष निर्मला चलाउने, सहसचिव याम बहादुर खड्का सदस्यहरुमा क्रमस टेकु लाल चौधरी , निराजन राणा , अर्जुन बि क र पुर्ण चन्द्र थापा रहेका छन।


युबा संजालले बिगत तीन बर्ष अघिदेखि स्थानीय स्तरमा हुने ढिला सुस्ती तथा भ्रष्टाचारको विरुद्धमा विभिन्न रचनात्मक गतिविधिहरु संचालन गर्दै आएको छ। साथै संजालको मुख्य सल्लाहकारमा केसब खड्का चयन भएका छन। कार्यक्रममा संजालका संस्थापक उपाध्यक्ष रमेश अधिकारी र सचिब कोमल बुढाथोकीलाई ससम्मान बिदाइ गरिएको छ। भने कार्यक्रमको सहजीकरण संस्थापक सचिब कोमल बुढाथोकीले गरेका थिए।