माओवादी केन्द्र तुलसीपुर ५ को प्रशिक्षण

तुलसीपुर
२० चैत / माओवादी केन्द्र तुलसीपुर ५ वडा कमिटिको आयोजनामा राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम भएको छ ।

पार्टीका वडाध्यक्ष बेदप्रसाद वलीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’को प्रमुख आतिथ्यमा प्रशिक्षण भएको हो । त्यस अवसरमा प्रमुख अतिथि अपारले मुलुक माओवादीको एजेण्डामा चलिरहेको भन्दै त्यसको भन्दै त्यसलाई जनताले बुझेको बताएका छन् ।


कार्यक्रममा बिशिष्ट अतिथि पूर्व जनमुक्ति सेनाका डिभिजन कमान्डर धन बहादुर मास्के(राजेश), केन्द्रिय सल्लाहकार समिति सदस्य शेसुराम भण्डारी, प्रदेश कमिटी सदस्य तथा तुलसीपुर इञ्चार्ज प्रेमराज ओली(प्रभात), सह–इन्चार्ज चित्र बहादुर खड्का (अनुपम), नगर उपाध्यक्ष शान्ति महत, क्षेत्र ३ ‘क’ का संयोजक शंकर भट्टराई, मगर मुक्ति मोर्चा लुम्बिनी उपाध्यक्ष प्रेम बाठा, नगर सचिवालय सदस्य तथा ५ न. वडा कमिटी इञ्चार्ज मिनराज भण्डारी, नगर कमिटी सदस्य धन बहादुर बुढा, नगर कमिटी सदस्य प्रतिभा हमाललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण वडा पार्टीका सहइञ्चार्ज प्रकाश वलीले गरेका थिए ।