तुलसीपुर
१९ चैत / नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका १ नम्बर वडा समितिले सम्भाबित ८ जना उम्मेदवारलाई सफारिश गरेको छ ।
शुक्रबार बसेको पार्टीको वडा समितिले अध्यक्षको उम्मेदवारकालागि लोकराज भुषाल, फल्कुदत्त भण्डारी,चुडामणी ढकाल, रेशम राणा, हरि भट्टराई, आकाश भण्डारी र शोभाकर सापकोटा र निर्मल कुमार आचार्यको नाम सिफारिश गरिएको छ ।
पार्टीका वडा सभापति निर्मल कुमार आचार्यको सभापतित्वमा बसेको बैठकले सम्भाबित उम्मेदवारको नाम पार्टीको तुलसीपुर नगर समितिमा सिफारिश गरेको हो ।
सफारिश गरेको नाममा नगर समिति र प्रतिनिधिसभा क्षेत्रीय समितिले टुंगोमा पु¥याउने छ ।
लाइभदाङ । १९ चैत्र २०७८, शनिबार १२:०८ बजे