महिला स्वयंसेविकाको भुमिका स्रहानिय छः कार्यवाहक नगरप्रमुख योगी

प्रिया स्मृती गजमेर
लमही, १९ मंसिर ।
स्वयंसेविका दिवसको अवसरमा बोल्दै कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले समुदायमा अहोरात्र खटिने स्वयंसेविकाहरु समुदायका विश्वासिला पात्र भएको बताउनु भयो । महिला स्वयंसेविकाहरुले समुदायमा खेलेको भुमिका अत्यन्तै स्रहानिय रहेको उहाँको भनाई छ ।

लमही नगरपालिकाले आयोजना गरेको २० औं महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस कार्यक्रममा कार्यवाहक नगर प्रमुख योगीले सो कुरा बताउनु भएको हो ।

‘जनतासंग प्रत्यक्ष जोडिएका महिला स्वयंसेविकाहरुको सेवा सुविधाको लागि राज्यले केही गर्न नसक्नु दुःखद कुरा भएको भन्दै कार्यवाहक नगर प्रमुख योगीले आगामी दिनमा राज्यले यो कुरामा पुनर्बिचार गर्नु पर्छ, स्वयंसेविकाहरुको सेवा सुविधाको बारेमा केही गर्नु पर्छ’ योगीले भन्नू भयो ।

दिवस कार्यक्रममा सहभागी भएका महिला सामुदायिक स्वयंसेविकाहरुले आफुहरुलाई राज्यले अन्याय गरेको बताएका छन । समुदायको सेवाका लागि आफुहरु रातदिन नभनेर लागि पर्ने तर एउटा श्रमिकले दैनिक रुपमा पाउने बराबरको ज्याला पनि नपाइने भन्दै गुनासो व्यक्त गरेका छन ।


गत आर्थिक वर्षमा उत्कृष्ट काम गरेका तीन जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । समानित हुनेमा लमही नगरपालिका ५ की हुमा पन्त, लमही नगरपालिका १ की पुजन्या चौधरी र लमही नगरपालीका–२ की रमेस्वरी चौधरी रहनु भएको छ ।

लमही नगरपालिकाबाट विभिन्न संदेश मुलक लेखिएका प्लेकार्ड सहित निस्केको र्यालीले लमही बजार परिक्रमा गरि पुनः नगरपालिकामा कोण सभामा परिणत भएको थियो ।

लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिका स्वास्थ्य शाखाका नर्सिङ निरीक्षक मिना शर्माले गर्नु भएको थियो ।