प्रेस सेन्टर दाङकाे सञ्चार प्रविधि समिति संयाेजकमा डाँगी

घाेराही, १७ चैत ।

प्रेस सेन्टर नेपाल, दाङकाे सूचना तथा सञ्चार प्रविधि समिति संयाेजकमा सन्ताेष डाँगी चयन हुनुभएकाे छ ।

सेन्टरकाे आयाेजनामा घाेराहीमा भएकाे सूचना तथा सञ्चार प्रविधि सम्बन्धि काम गर्ने सदस्यहरूकाे भेलाले डाँगीकाे संयाेजकत्वमा १५ सदस्यीय समिति गठन गरेकाे हाे । संगठनमा आइ पर्ने प्रविधिसम्बन्धी काममा सहज हाेस् भनेर समिति गठन गरिएकाे संगठनका अध्यक्ष पाण्डव शर्माले जानकारी दिनुभयाे ।

उहाँका अनुसार समितिमा जिल्लाका विभिन्न स्थानमा रहेर प्राविधिक सम्बन्धि ज्ञान भएका र काम गरिरहेका सेन्टरका सदस्यहरूलाई समावेश गरिएकाे छ ।

बैठकामा शर्माले हाल सम्म ८ ओटा पालिकामा सेन्टरकाे शाखा विस्तार गरिएकाे र त्यहाँ उत्साहजनकरूपमा कार्यक्रम सम्पन्न भएकाे रिपोर्टिङ गर्नुभएकाे थियाे ।

प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्माको अध्यक्षता भएकाे कार्यक्रममा बाेल्दै प्रमुख अतिथि संगठनका लुम्बिनी प्रदेश इन्चार्ज तथा माओवादी केन्द्रका प्रचार विभाग केन्द्रीय सदस्य अजयदीप शर्माले अबकाे समय सूचना र प्रविधिकाे भएकाले सबै पत्रकारहरूले क्षमता विकास गर्नुपर्ने बताउनुभयाे ।


उहाँले सेन्टरका सबै सदस्यहरूलाई आगामी स्थानीय तहकाे निर्वाचनमा केन्द्रित रहेर संगठन र पार्टीले दिएकाे जिम्मेवारीलाई दृढतापूर्वक पूरा गर्न निर्देशन दिनुभयाे ।

बैठकमा संगठनका केन्द्रीय सदस्यहरू नरेन्द्र केसी, लक्ष्मी आचार्य, संथठनका लुम्बिनी प्रदेश उपाध्यक्ष एवम् दाङ जिल्ला इञ्चार्ज प्रकाश चाैधरी र प्रदेशका प्रमुख सचिव भुपेन्द्र वली, जिल्ला सचिव जनक नेपाली, गिरिराज नेपाली लगायतले मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।

बैठकले सन्तोस डाँगीको संयोजकत्वमा संगठनकाे जिल्ला कार्यालयकाे मातहतमा रहेर काम गर्ने गरि १५ सदस्यीय समिति गठन गरिएको  शर्माले बताउनुभयो ।

समितिका सदस्यहरुमा आभास बुढाथोकी, विकाश डाँगी, सुमन केसी, हेमराज परिवर्तन, रोम थापा रहनुभएको छ । त्यसैगरी उदिराम चौधरी, खेमराज न्यौपाने, कृष्ण पन्थी, कमल कँवर, उमेश बञ्जाडे, शालिकराम चौधरी, सबिता रोका, अन्जना विश्वकर्मा रहनुभएको छ ।