तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जना किशोरको मृत्यु

तुलसीपुर, १५ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरमा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ ।

तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको रा १ त ३४७८ नम्बरको खाली ट्याक्टर मोतिपुरको ओरालोमा पुगेर अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा तुलसीपुर–१७ का १४/१५ वर्षीय सविन भण्डारी र १६/१७ वर्षीय मनोज रोका मगरको रहेको प्रहरीले जनाएको छ। दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको भए पनि चिकित्सकले बिहान १२ः१० बजे मृत घोषणा गरेका थिए।


ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षिय सुरेश चौधरी, १५ वर्षका धन बहादुर चौधरी र तुलसीपुर–१८ बजौरी बस्ने वर्ष २६ का प्रकाश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर राना मगरको नेतृत्वमा १० जना प्रहरी टोली परिचालन गरिएको थियो। ट्याक्टर घटनास्थलमै छ भने आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृतकहरूको शव राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ र थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।