वृक्षारोपण दिवसमा निःशुल्क विरुवा वितरण

oplus_1024

तुलसीपुर, १४ असार ।
तुलसीपुर बहुप्राविधिक शिक्षालयले राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर कृषि र वन विज्ञानका विद्यार्थीहलाई निःशुल्क बिरुवा वितरण गरेको छ । शिक्षालय आफैले उत्पादन गरेका ड्रागन फ्रुटका विरुवाहरु विद्यार्थीहरुलाई वितरण गरिएको कार्यक्रम संयोजक कल्पना ओलीले जानकारी गराइन् ।

उनले विद्यार्थीहरुलाई वृक्षारोपणको महत्व बुझाउनका लागि विरुवा वितरण गरिएको समेत बताइन् । “हामीले आज गरेको वृक्षारोपणले हाम्रो भोलिको दिनलाई सुन्दर बनाउँछ त्यसैले विद्यार्थीहरुलाई वृक्षारोपणतर्फ उत्प्रेरित गर्नका लागि विरुवा वितरण गरिएको हो ” प्रशिक्षक घनश्याम केसीले बताए ।


शिक्षालय प्रमुख वसन्त आचार्यका अनुसार शिक्षालयले प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर विभिन्न परियोजनाहरु सञ्चालन गरिरहेको छ