तुलसीपुर
२० साउन / दाङमा बुधबार थप ३५ कोरोना संक्रमित थपिएका छन् ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६० जनामा पीसीआर गर्दा ३५ जनामा संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या एकसय ५८ पुगेको छ ।
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र घोराहीका अनुसार घोराहीका २८ जना, लमहीका ३ जना, तुलसीपुरका २ जना तथा राप्ती र बबईका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिले १ सय ३३ जना होम आइसोलेसनमा, एचडीयुमा १७ जना र ८ जना आईसियूमा उपचाररत छन् । साथै आज घोराहीका ११ जना, तुलसीपुरका ४ जना र शान्तिनगरका ३ जना गरि १८ जनाले कोरोना जितेका छन् ।
लाइभदाङ । २० श्रावण २०७८, बुधबार २०:४३ बजे