उद्योग व्यापार महासङ्घको केन्द्रीय सचिवमा दाङका भण्डारी

तुलसीपुर, २० वैशाख ।
नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सचिवमा दाङका मिननाथ भण्डारीलाई चयन गरिएको छ। गैंडाकोटमा भएको दोस्रो महाधिवेशनबाट भण्डारीलाई सचिवमा चयन गरिएको हो। अनि दाङ तुलसीपुरका व्यवसायी हुन्। लुम्बिनी प्रदेशको कोटाबाट हुने सचिवमा चयन भएका हुन्।


भण्डारी यसअघि केन्द्रीय सदस्य थिए। निर्वाचित सचिव भण्डारीले व्यवसायीहरूको हकहितका लागि निरन्तर बोल्दै आएको बताए । आगामी दिनमा पनि व्यवसायको हकहितका लागि बोल्नका लागि यो अवसर रहेको समेत उनको भनाइ छ।