माओवादी केन्द्र तुलसीपुर ६ को राप्ती बबई टोलमा कमिटि गठन

निर्मल चौधरी
तुलसीपुर

१४ चैत / नेकपा माओवादी केन्द्र तुलसीपुर ६ को राप्ती बबई टोल कमिटि गठन गरिएको हो ।

आइतबार जितबहादुर रावतको अध्यक्षतामा २५ सदस्यीय टोल कमिटि गठन गरिएको हो । जसको उपाध्यक्षमा पोषण मिजार,सचिबमा पुष्कर विकलाई चयन गरिएको छ ।


पार्टीका नगर कोषाध्यक्ष अमर नेपाली माईकलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर कमिटि सदस्य तथा वडा इञ्चार्ज सीताराम शर्मा, वडाध्यक्ष विरेन्द्र बुढा, अखिल क्रान्तिकारी तुलसीपुरका अध्यक्ष अमर विकलगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा प्रमुख अतिथि माइकलले जसको नीति, उसैले नेतृत्व गर्नुपर्ने बताए ।

उनले वडा नं. ६ मा माओवादीको संगठन बलियो बन्दै गएको भन्दै आगामी निर्वाचनमा जित हाँसिल हुने समेत बताएका थिए । उनले आफू कार्यपालिका सदस्य भएपछि वडाको विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै त्यो जनताले बुझेको समेत बताएका थिए । ्प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वडाका सहसचिब प्रकाश परियारले गरेका थिए ।