दाङ प्रशासन भन्छ : चैत मसान्तसम्म हतियार बुझाउनुस्

दाङ १३ चैत ।
जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाभित्र रहेका हतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ ।

जिल्ला सुरक्षा समितिको शुक्रबार भएको निणर्यमा जिल्लाभित्र राखिएका हतियार चैत मसान्तसम्म सम्बन्धित निकायमा बुझाउन आग्रह गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सविता पुनद्वारा जारी बिज्ञप्तीमा २०७९ बैशाख ३० गते हुने निर्वाचनलाई भरपर्दो र बिश्वसनीय बनाउन गृह मन्त्रालयको प्राप्त पत्रअनुसार जिल्ला भित्र रहेका ईजाजत प्राप्त हतियार चैत अन्तिमसम्ममा नजिकको प्रहरी ईकाइ बुझाउन अनुरोध गरिएको छ ।


सूचना हेर्नुहोस्