नयाँ भवनमा दंगीशरण ४ को कार्यालय

दंगीशरण
२९ माघ / दंगीशरण गाउँपालिका वडा न. ४ को नव निर्मीत प्रशासनिक भवनको उद्घाटन गरिएको छ । विहिबार एक कार्यक्रमका बिच वडा भवनको उद्घाटन गरिएको हो । गाउँपालिका अध्यक्ष भागिराम चौधरी र उपाध्यक्ष पिमा कुमारी वली खड्काले संयुक्त रुपमा वडा भवनमा स्थापना गरिएको शिलालेख पढेर उद्घाटन गरेका हुन् ।

शिलालेखमा वडा अध्यक्ष नेव बहादुर कवँर ज्यूको कार्यकालमा वडाको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको उल्लेख गरिएको छ । यस्तै वडा सदस्य कृष्णलाल चौधरी, देवराज रेउले, शुभद्रि चौधरी, विमला नेपाली र वडा सचिव प्रमोद गिरीको नाम उल्लेख गरिएको छ ।


उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतीथि एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले नागरीकहरुको समस्यालाई स्थानीय सरकार आईसकेपछि समाधान हुदैँ गईरहेको बताए ।

५ वर्षको कार्यकालमा हरेक क्षेत्रले फड्को मारेको भन्दै नागरीकहरुलाई सहज र सरल तरीकाले सेवा प्रदान गर्न वडा भवन निर्माण कार्यको थालनी गरेको बताए ।