प्रधानमन्त्री र अर्थमन्त्रीले छिट्टै टरिगाउँ एयरपोर्टलाई विस्तार गर्ने निर्णय गर्नुभएको छः डिल्ली चौधरी

तुलसीपुर
११ चैत / लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले छिट्टै टरिगाउँ एयरपोर्टको विस्तार हुने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ले कोरोना महामारी विरुद्ध लड्न अहोरात्र खट्ने ब्यक्ती तथा संस्थाहरुलाई सम्मान गर्न शुक्रबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।‘केही दिन अघि प्रधानमन्त्री,अर्थमन्त्री र मेरो बीचमा छलफल भएको थियो’,उनले भने‘यसमा प्रधानमन्त्री ज्यू सकारात्मक हुनुहुन्छ, यो विमानस्थललाई छिटो स्तरबृद्धि गर्ने कुरा भएको छ ।’


छिट्टै पर्यटन सचिब आएर यहाँको विषयमा अध्ययन गर्ने समेत उनले बताए ।
साथै उनले एमसीसीमा ब्याख्यात्मक टिप्पनीमा नौलो कुरा नभएको समेत बताए । उनले एमसीसीमा जे लेखिएको छ,त्यसलाई नेपालीमा उल्था मात्रै गरेर पास गरेको बताए । एमसीसी पास गर्ने विपक्षले पनि सहयोग गरेको समेत बताए ।
त्यस अवसरमा यस क्षेत्रमा कोरोना महामारीका बीचमा सहयोग गर्ने बिभिन्न क्षेत्रका ब्यक्तीहरुलाइ सम्मान गरिएको थियो ।

त्यस अवसरमा वडाध्यक्ष विरेन्द्र शाहले मुलुकलाई अफ्टयारोमा पर्दा सहयोग गर्न प्रोत्साहन आबश्यक रहेको बताए । सोही अनुसार आफूहरुले सम्मान गरेको बताए ।