तुलसीपुर उद्योग ब्यापारसंघद्वारा सम्मान

तुलसीपुर,१४ कत्तिक ।
तुलसीपुर उद्योग ब्यापार संघले दाङ जिल्ला उद्योग बाणिज्य संघमा निर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । शनिबार तुलसीपुरमा कार्यक्रम गरि बरिष्ठ उपाध्यक्ष निर्वाचित महेन्द्र बुढाथोकी, उपाध्यक्ष निर्वाचित नोर्वु तामाङ लामालाई सम्मान गरेको हो ।

संघका अध्यक्ष वेदप्रसाद वलीको अध्यक्षता तथा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सचिब मिनराज भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि सम्मान गरेको हो ।

त्यस अवसरमा सचिब भण्डारीले विजेताहरुलाई बधाई दिदै व्यबसायिक हकहितकालागि दत्तचित्त भएर लाग्न सुझाब दिए । ब्यापारिहरुका समस्या समाधान गर्न कै लागि नै यस्ता संघसंस्था अग्रस्थानमा लागेको समेत उनले बताए ।


त्यस अवसरमा बरिष्ठ उपाध्यक्ष निर्वाचित बुढाथोकी, उपाध्यक्ष तामाङ, संघका कानुनी सल्लाहकार रामशरण चौधरी, प्रेस सल्लाहकार दीपक बोहरालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

उपाध्यक्ष इन्द्रबहादुर बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेको बैठकको सहजीकरण महासचिब कृष्ण पुनले गरेका थिए ।