लमही–घोराही सडक खण्डमा बाघ देखियो

देउखुरीमा केही समय अघि देखिएको चितुवा ।तस्विरःwwf

तुलसीपुर, ३२ साउन । घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत अर्जुनखोलामा बाघ भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले अर्जुनखोलामा पाटेबाघ र चितुवा देखिएको भन्दै सचेत रहन सूचना जारी गरेको छ ।


साथै सोही सडक खण्डमा पैदल यात्रा र मोटरसाइकलमा एक्लै यात्रा नगर्न पनि भनेको छ ।