
तुलसीपुर,२१ जेठ ।
तुलसीपुरका ब्यबसायी बिमल रिजाल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय आर्थिक विभागको सदस्यमा मनोनित भएका छन् । केही समय अघि मात्रै काँग्रेस परित्याग गरि स्वास्पामा प्रवेश गरेका रिजाललाई पार्टीले जिम्मवारी प्रदान गरेको हो । उनी तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हुन् । खासगरि उनी यस अघि तुलसीपुर उपमहानगरपालिकाको नगर प्रमुखको चुनाब लड्ने चाहाना थियो ।
तर, उनलाई काँग्रेसले टिकेट नदिएपछि रुष्ट भएका थिए । त्यस यता उनी काँग्रेसमा खासै सक्रिय भएर लागेका थिएनन् । अहिले उनलाई रास्वपाले नगर प्रमुख(मेयर)को टिकेट दिन सक्ने आँकलन गरिएको छ ।



लाइभदाङ । २१ जेष्ठ २०८३, बिहीबार २१:५१ बजे