दंगीशरणमा निःशुल्क शिक्षा कार्यान्वयनको विषयमा सरोकारवालासंग अन्तर्कृया कार्यक्रम

दंगीशरण, ३० फागुन ।
दलित महिला संघ जिल्ला साखा दाङको आयोजना तथा एफ.जे.एस को सहयोगमा “समग्र विकासको अवरोध,जातीय तथा लैङ्गिक विभेद” भन्ने मुल उदेश्यका साथ दलित विद्यार्थीलाई छात्रवृत्ति सहित निःशुल्क शिक्षा कार्यान्वयनको विषयमा सरोकारवालासंग अन्तर्कृया कार्यक्रम छलफल चौतारी दंगीशरण गाउँपालिकाको हेकुलिमा सम्पन्न भएको छ ।

दलित महिला संघ जिल्ला शाखा दाङकी सचिव गंगा विश्वकर्माको अध्यक्ष तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको हो ।


अन्तर्कृया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दलित विद्यार्थी लक्षित गरेर गाउँपालिकाका ४ वटा विद्यालयमा साझेदार संस्था मार्फत खाजा कार्यक्रम लागु गरेको बताउनुभयो । दलितहरुलाई प्रोत्साहित गर्न आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा ३ लाख रुपैया विनियोजित गरेको समेत बताउनुभयो ।

विद्यार्थीको छात्रवृत्ति तथा प्रोत्साहनका लागी दलित बिधेयक विषेश अधिबेशनबाट पारीत गर्ने सोचमा समेत आफुहरु रहेको अध्यक्ष गिरीले बताउनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले आफुहरु निर्वाचित भएर आएपछि दलित बिपन्न तथा सिमान्त्कृतको सवालमा विशेष प्राथमिकताका साथ अगाडी बढाएको बताउनुभयो ।