नेकपा एस दाङले १५ दिने चुनाव विषेश कार्यक्रम संचालन गर्ने

प्रविन देवकोटा
दाङ, १० चैत ।

नेकपा एकिकृत समाजवादी दाङले चुनाव लक्षित कार्यक्रमलाई तिब्र बनाउने भएको छ ।

पाटीको बिहिबार (आज) घोराहीमा बसेको तेस्रो पूणर् बैठकले पाटीको केन्द्रीय कार्यक्रम अनुसार दाङमा पनि १५ दिने चुनाव विषेश कार्यक्रमलाई तिब्र बनाउने भएको हो । पाटीका एजेन्डा र पाटीलाई थप बलियो बनाउन ऐजेन्डालाई नागरिकमाझ पुर्याउन १५ दिने चुनाव लक्षित कार्यक्रम शहरदेखि गाउँसम्म संचालन गर्ने नेकपा एस दाङले जनाएको छ ।


जिल्लाका दश वटै स्थानीय तहका सबै वडामा पाटीको आगामी कार्यदिशा र संगठन विस्तार अभियानलाई तिब्रता दिने निणर्य गरेको नेकपा एस दाङका अध्यक्ष सुरामणी बेलवासेले जानकारी दिनुभयो । यस्तै बैठकले प्रचार विभाग प्रमुखको जिम्मेवारी दिपक कुमाललाई प्रदान गरेको छ । जिल्ला अध्यक्ष बेलवासेको अध्यक्षता तथा नेकपा एकिकृत समाजवादी पाटीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।

त्यस अवसरमा पोलिटव्युरो सदस्य चौधरीले पाटीलाई बलियो बनाउनका लागि संगठन विस्तार तथा प्रचारप्रसारलाई तिब्र बनाउन आग्रह गर्नुभयो । उहाँले पाटीलाई आगामी नेतृत्वमा सफल बनाउनका लागि गाउँदेखि शहर र सहरदेखि गाउँसम्म पाटीका गतिविधिलाई चलायमान बनाउन निर्देशन दिनुभयो ।