माधव नेपालको नेकपा एसले थ्रेसहोल्ड नकटाए प्रत्यक्ष निर्वाचित सांसदको हैसियत के हुन्छ ?

काठमाडौं, १३ मंसिर ।
राजनीतिक दलसम्बन्धी ऐन ०७३ अनुसार राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकमा सदरमतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्छ । ऐनको तर्फ ५२ ले भनेको छ, ‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलका रूपमा मान्यता प्राप्त गर्नेछ ।’

त्यसो भए जारी मतगणनामा राष्ट्रिय दल बन्न नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन सक्छ त रु साढे २ प्रतिशत मतबाट उकालो नलागेपछि अहिले चासोको विषय बनेको छ । आयोगले ९७ लाख ४१ हजार ८५९ मत गणना गरिसक्दा २ लाख ७२ हजार ५८१ मत ल्याएको छ । त्यो भनेको २।७९ प्रतिशत हो । अहिले जुन रफ्तारमा मत पाइरहेको छ, त्यही आधारमा चाहिँ थ्रेसहोल्ड कटाउने सम्भावना कम देखिन्छ । बरु नयाँ पार्टीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले राष्ट्रिय दल बन्ने भएका छन् ।

राष्ट्रिय दल बन्न कठिन संघर्षमा रहेको एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाएन भने के हुन्छ रु प्रत्यक्षतर्फ जितेका १० जना सांसदको हैसियत के हुन्छन् रु राजनीतिक दलसम्बन्धी ऐन ०७३ ले राष्ट्रिय यदल नभए पनि निर्वाचित सांसदको हैसियत स्वतन्त्र नहुने उल्लेख गरेको छ । उनीहरूले संसदीय दल गठन नभए पनि दलीय अनुशासनमा भने बस्नुपर्नेछ । राजनीतिक दलसम्बन्धी ऐन अनुसार सांसदहरूले दल छाडेको वा दलको निर्णय नमानेको अवस्थामा दल त्यागसम्बन्धी व्यवस्था आकर्षित हुनेछ ।


राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१ ले जुन दलबाट निर्वाचित भएको हो त्यो संसदीय कार्यकालभर सोही दलमा बस्नुपर्ने व्यवस्था गरेको छ । ऐनले भनेको छ, ‘कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको संघीय संसदको सदस्य, प्रदेशसभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन ।’

ऐनले थप भनेको छ, ‘कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ ।’