सल्यान, १० चैत ।
महिला तथा घरेलु हिंशा अन्त्य गर्न र योजना तर्जुमाका लागि नागरिक सहभागिता सुनिश्चित गर्न सल्यानको कपुरकोटमा कार्ययोजना निर्माण गरिएको छ । विहिबार आयोजित कार्यक्रममा सामुदायीक संस्था र सञ्जालका सदस्यहरुले कार्ययोजना निर्माण गरेका हुन् ।
सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत आयोजित एक दिने ‘नागरिक स्पेस’ तालिममा उनीहरुले महिला तथा घरेलु हिंशा अन्त्य गर्ने, योजना तर्जुमा गर्दा समयमै नागरिकलाई जानकारि दिन गाउँपालिका तथा वडा कार्यालयलाई अनुरोध गर्ने जस्ता क्रियाकलाप कार्ययोजनामा समेटेका छन् । यस्तै सामाजिक विकृतिहरु अन्त्य गर्न, सरकारी कार्यालयका सुझाव पेटिकामा सुझावहरु राख्ने, सार्वजनिक सुनुवाईका लागि अनुरोध गर्ने जस्ता क्रियाकलाप पनि सहभागिहरुले कार्ययोजनामा समेटेको सुशासनमा नागरिक सहभागिता कार्यक्रमका सामुदायीक सहजकर्ता विष्णु प्रसाद गौतमले जनाएको छन् ।
तालिममा कार्यक्रमका जिल्ला संयोजक गुमानसिंह नेपालीले स्थानीय तहको नीति, कार्यक्रम र योजना निर्माण तथा कार्यान्वयन प्रक्रिया, सुशासन र नागरिक दायरा लगाएतका विषयमा अभिमुखिकरण गरेका थिए । समुदायमा आधारित सामुदायीक संस्था र सञ्जालका सदस्यहरुलाई ‘नागरिक स्पेस’ सम्बन्धी तालिम जिल्लाको दार्मा, सिद्धकुमाख र कालिमाटी गाउँपालिकामा पनि सम्पन्न गरिएको संयोजक नेपालीले बताए ।
सार्वजनिक चासोका विषयमा र आफृना अधिकारसंग संलग्न विषयहरुको नीति तथा निर्णय निर्माण र कार्यन्वयन प्रक्रियामा महिला, दलित, जनजाति, यूवा, सिमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चत गर्दै विकासका कामहरुलाई जनमैत्री बनाउनका लागि टेवा पुर्याउने उद्देश्य सहित तालिम प्रदान गरिएको उनले बताए । स्थानिय तहमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुमा रहेका क्र्तव्यपालक हरुलाई पारदिर्शी र जवाफदेहि बनाउदै सुशासनलाई अभिवृद्धि गर्नका लागि सुशासनमा नागरिक सहभागिता कार्यक्रम सञ्चालन भइरहेको छ ।
लाइभदाङ । १० चैत्र २०७८, बिहीबार २०:५३ बजे