कृषि मार्फत नै ब्यवसायीक बनौँ : अध्यक्ष चौधरी

दिप्तीशिखा चौधरी,


दंगीशरण, २ पुस,।
दंगीशरण गाउँपालिकाअध्यक्ष भागिराम चौधरीले दंगीशरणका नागरीकहरुलाई आर्थीक रुपले बलीयो बनाउँनका लागि गाउँपालिकाले कृषिशाखा संगै विविध सस्ंथाहरु संग सहकार्य गरेर काम गरिरहेको बताउँनु भएको छ । सामुहिक लगानी र प्रयासले उपलब्धिमूलक कार्यहरु एकाले अझै यसलाई उपलब्धि मुलक बनाउँन यो कृषिलाई प्राथमिक्तामा पारेर योजनाहरु बनाएको बताउँनुभयो । कृषि मार्फत नै दंगीशरणका नागरीहरु ब्यवसायीक बन्नुपर्ने उहाँले धारणा राख्नुभयो । समृद्ध समाजसंगको सहकार्यले स्वास्थ्य,पशु र कृषि क्षेत्रमा धेरै सहयोग प्राप्त भएको भन्दै आगामि दिनहरुमा पनि एकिकृत र परिस्कृत गरेर काम गर्नका लागि योजना तयार पार्ने र समिक्षात्मक तरिकाले अगाडि बढ्नुपर्ने बताउँनुभयो । “काम गरेर मात्र हुदैन प्रवाभकारी बनाउँनका लागि अनुगमनको पाटोलाई पनि संगसगैं लग्नुपर्ने भन्दै आआफनो ठाउँबाट सबैजना जिम्मेवारीपूर्वक लाग्नुपर्छ, सबै ठाउँमा म पुग्न नसके पनितपाईहरु आफनो ठाउँबाट गएर कार्यक्रमलाई निरन्तरता दिनुस् ।”अध्यक्ष चौधरीले भन्नुभयो । दंगीशरण गाउँपालिका वडा न. ४ बैबांगमा भएको कोशेली कार्यक्रमको समिक्षा तथा सरोकारवालहरु बिचको समन्वय बैठकमा प्रमुख अतीथि समेत रहनु भएका अध्यक्ष चौधरीले यस्तो बताउँनुभएको हो ।
कार्यक्रममा उपाध्यक्ष पिमाकुमारी खड्काले कृषकहरुको समुह बनाएर विक्री गर्ने मात्र नभई समुह मार्फत कार्यक्रम ब्यवस्थापन कसरी गर्ने भन्ने तर्फ ध्यान दिनुपर्ने बताउँनुभयो । दंगीशरणको समृद्धका लागि कुनै पनि कार्यक्रम एकद्धार प्रणाली मार्फत कार्य अगाडि बढाउानु पर्ने बताउँनुभयो । गाउँपालिकाको शाखा र विभीन्न संस्थाले एकै खालको कार्यक्रम गर्दा प्रभावकारी नहुने भन्दै अझै पनि सहकार्य हुन जरुरी रहेको बताउँनुभयो ।
वडा न. ३ कार्यवाहक वडा अध्यक्ष छोटिराम चौधरीले सस्ंथा र गाउँपालिकाले सहकार्य मार्फत गरिएका कार्यक्रमले विपन्न वर्गलाई टेवा पुगेको बताउानु भयो ।
पशु शाखा का हितराम चौधरीले पशु र समृद्ध समाजले पशुको क्षेत्रमा गर्ने कार्यक्रमलाई अझै कसरी नागरीमूखी गराउँन सकिन्छ भन्ने कुरालाई अझै पनि गृहकार्य गरेर कार्यक्रम संचालन गर्नुपर्ने बताउानुभयो । दंगीशरणका नागरीक हरुलाई उधमी बनाउँनका लागि सबैको उत्तरदायीत्व रहेको भन्दै सबैको हितहुने कार्यक्रमहरु संचालन गर्नपर्ने आवश्यक रहेको बताउनु भयो ।
कृषि शाखाका मानबहादुर डांगीले समुह गठन भन्दा पनि कार्यक्रम संचालन गर्दा उपयूक्त हुने बताउानु भयो । कृषि र समृद्ध समाजका कार्यक्रम एकै प्रकारका भएकाले प्रभावकारी नदेखिएको बताउानु भयो । कृषककै लागि एकै प्रकारको कार्यक्रम भई दिदा जुनपाउनु पर्ने सेवा हो त्यो कृषकले नपाएको बताउनुभयो । कार्यक्रम जुधेकाले त्यो कार्यक्रमले सार्थक्ता नपाएको बताउानुभयो ।
ईलाका स्वास्थ्य चौकि हेकुलीका प्रमुख टेक बहादुर खत्रीले दंगीशरणमा पोषणको स्थितीअपेक्षा अनुशारको सुधार नभएको बताउँदै यसमा समृद्ध समाजले स्वास्थ्य शाखासंग सहकार्य गर्नुपर्ने अवस्था रहेको बताउानुभयो । विपन्न वर्गहरुलाई पोषण खाना बाड्नु भन्दा गर्भवती महिला, कुपोषित बालबालीकाहरुका लागि जागरुक गराउँने पोषण कार्यक्रम संचालन गर्दा प्रभावकारी हुने बताउँनुभयो ।
समृद्ध समाजको कोशेली कार्यक्रमबाट भएका काम र उपलब्धि  गतबर्ष र यस वर्ष २६ जनालाई आयआर्जनका लागि घुम्तीकोष वितरण, २६ जनालाई व्यवसायीक तरकारी खेती र विउ उत्पादन तथा संरक्षण तालीम, ७ सय २० घरलाई १५ प्रकारका २८ सय ९५ वटा फलफुल विरुवा वितरण, लकडाउँनका समयमा २ सय घरलाई ९ प्रकारका तरकारीका विउ वितरण, ४ सय ३८ जनालाई ५२ क्विन्टल धानको विउ वितरण, २५ जना अगुवाहरुलाई लाई पशुपालन शिप विकास तालीम,२६ जना समुहलाइ उधमशिलता विकाश तालीम, विपन्न परिवारका ३ जना विधार्थीलाई छात्रबित्ती कोष उपलब्ध, पाठेघर खसेका सुत्केरी र कुपोषित अवस्थाका ३० जना महिलालाई अण्डा वितरण लगाएतका नागरीकमुखी कामहरु संचालन गर्दै आएको छ । यस्तै सामाजीक काममा महलाहरुको सहभागिता र निर्णायक भूमिकामा वृद्धि, सामुदायीक एकता,मेलमिलाप र सहयोगको भावनामा विकास, समुह बचत संकलनतथा परिचालनमा महिलाहरुको सहभागिता स्वामीत्व बढेको, तरकारी उत्पादनमा बृद्धि गरि पोषणयूक्त खानेबानीमा विकास, ५१ वटा समूह र ७ वटा मूल समितीहरुमा ५ हजार ४ सय १२ जना विपन्न मानिसहरु लाभान्वित, बाटो निर्माण तथा मर्मत सुधार, खानेपानी मुहान, धारा र कुवाँ मर्मत सुधार, करेसा वारी,ब्यवसायीक तरकारी र खाध्य उत्पादनमा क्रमीक बृद्धि समुह मार्फत विविध प्रकारका समाजिक कामको सुरुवाती भएको जस्ता कार्यहरु गरि उपलब्धि हासील गरेको छ ।
कार्यक्रममा समृद्ध समाजका भिष्मा बस्नेतले कोशेली कार्यक्रमको २०११ को वार्षिक बजेट तथा खर्चको प्रतिवेदन प्रश्तुत गर्नु भएको थियो ।जसमा कार्यक्रम कार्यान्वयन तर्फ ११ लाख, ८१ ह्जार १ सय १४ रुपैँयामा १० लाख ९८ हजार ९ रु.खर्च भएको र ८३ हजार १ सय ५ खर्च गर्न बाकि रहेको छ । कर्मचारी तलवमा ( १० महिनाको मात्र ) ७लाख ३७ हजार रु मा ६ लाख ३७हजार ४ सय ६० रु. खर्च भएको ९९ हजार ५ सय ४० रु खर्च हुनबाकि रहेको छ । यस्तै ब्यवस्थापन तथा प्रशासनतर्फ ३ लाख ५४ हजार ६ सय ३० रु. मा ३ लाख ५ हजार ७ सय १४ रु. खर्च भएको र ४८ हजार ९ सय १६ रु. खर्च हुन बाकिँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
समृद्ध समाजका सस्ंथागत विकास अधिकृत पुनाराम पन्थीले कार्यक्रमको उद्धेश्य माथि प्रकास पार्नुभएको थियो । समृद्ध समाज २०७७ साल पौष २७ गते दर्ता भएको हो । जसमा ११ जनाकार्य समिती सदस्य रहेका छन् भने ५१ व्टा आवद्ध समुह संख्या रहेको छ । जसमा ७ वटा मूल समिती रहेको छ । समुहमा आवद्ध सदस्य संख्या १०३९ रहेको छ भने ४५१३ जनसंख्याप्रत्यक्ष रुपमालाभान्वीत छन् ।
समृद्ध समाजकादंगीशरण्का अध्यक्ष दिलकुमारी वि.क.को अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण सचिवबाल कृष्ण खड्काले गर्नुभएको थियो । समृद्ध समाज दाङको आयोजनाएंव सहकर्मी समाज नेपालको प्राविधिक सहयोग तथा विकास कोषको सहयोगमा कार्यक्रम भएको हो ।