दंगीशरणमा कुपोषित तथा विपन्न परिवारलाई सरसफाइ सामग्री वितरण

दंगीशरण,२५ चैत्र ।
दंगीशरण गाउँपालिकामा कुपोषित तथा निम्न आयस्तर भएका घरपरिवारलाई लक्षित गरी सरसफाइ सामग्री वितरण गरिएको छ। आइडी र हेलन किलर इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोग तथा बेस संस्थाको सहकार्यमा सञ्चालित “पोषणमार्फत जीवन रूपान्तरण परियोजना” अन्तर्गत वडा नं. १, २, ३, ४ र ५ का पाँच वर्षमुनिका बालबालिका भएका ६० घरधुरीलाई एक कार्यक्रमकाविच गाउँपालिका अध्यक्ष शम्भु गिरीले सामग्री प्रदान गर्नुभएको हो ।

वितरण गरिएका सामग्रीहरूमा नङ काट्ने (नेलकटर), मञ्जन, ब्रस, हरपिक, शौचालय सफा गर्ने ब्रस, हात धुने साबुन, एक केजी सर्फ, प्याड, केटल म्याट तथा पानी फिल्टर रहेका छन्। परियोजनाका अनुसार वडा नं. ६ र ७ मा रहेका कुपोषित तथा कुपोषणको जोखिममा रहेका निम्न आयस्तरका परिवारलाई वडा नं. ६ को स्वास्थ्य चौकीमार्फत सामग्री वितरण गरिनेछ।


परियोजनाले कार्यक्रम सञ्चालन गर्नुअघि ७ वटै वडामा स्क्रिनिङ गरी आवश्यकताअनुसार लाभग्राही पहिचान गरी माग संकलन गरेको जनाएको छ।