पार्टी प्रवेशलाई भजाउने चुनाबी रणनीति

बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएको छ । त्यही अनुसार निर्वाचन आयोगले आफ्नो तयारी अघि बढाएको छ । राजनीतिक दलहरुले पनि चुनाब केन्द्रित गतिबिधि गरिरहेका छन् । निर्वाचन आउन २ महिना बाँकी रहदै गर्दा राजनीतिक दलहरु गाउँ केन्द्रित बनेका छन् । गाउँ–गाउँमा हुने चुनाबी सभाहरुमा सक्रिय हुने गरेका छन् । विगतका चुनाब पाईला समेत नटेकेका स्थानमा पनि जनप्रतिनिधिहरु पुग्न थालेका छन् । आर्थिक, राजनीतिक, सामाजिक हिसाबले पिछडिएको समुदायमा पुगेर आर्थिक लाभदेखि बिभिन्न आस्वासन दिन थालिएको छ । चुनाब एजेण्डाले भन्दा पनि तिकडम गरेर जित्ने प्रबृति छ । साम, दाम,दण्ड, भेद प्रयोग गरेर भएपनि चुनाब आफ्नो पोल्टामा ल्याउनु पर्छ, भन्ने बुझाई छ । त्यसैले पनि सोझा, साझा जनतालाई भ्रम पार्ने काम भइरहेको छ ।

त्यसकै एउटा उदाहरण अहिलेको पार्टी प्रवेशलाई लिन सकिन्छ । टोल विकास संस्था गठन गर्ने भनेर पार्टीको कमिटि गठन गर्ने, कुलो निर्माणकालागि समिति गठन गर्ने बाहाना बनाउने र पार्टीका कमिटी गठन गर्ने सम्मका हर्कतहरु पार्टीबाट हुने गरेका छन् । सोझो एउटै ब्यक्तीलाई एउटा पार्टीमा प्रवेश गराउने, त्यही ब्यक्ती भोलिपल्ट अर्कै पार्टीमा प्रवेश गराउने क्रम पनि बढिरहेको छ । ब्यक्तीलाई बिभिन्न प्रलोभनमा पार्ने अनि पार्टी प्रवेश गराउने खालका गतिबिधि भइरहेका छन् । जो राजनीतिमा देखिएको बिकृति हो । आफ्ना विचार, एजेण्डा जनतामा लिने र जनताले त्यसलाई मन पराएर समर्थन वा विरोध गर्नु एउटा कुरा होला, तर, नागरिक जति शिक्षित हुँदैछन्, उति नै बिकृत रुपमा देखा पर्दैछ । यसमा जनता पनि चनाखो हुनुपर्ने देखिन्छ । जनता आफैपनि कसैले प्रलोभनमा पार्दैमा त्यसको प्रभाबमा परिहाल्ने, जसले जे भन्छ, त्यसका पछि दौडिने गर्नुहुँदैन । यसले हाम्रो अमूल्य मत गलत ठाउँमा प्रयोग भइरहेको हुन्छ । जसले हामीलाई प्रलोभनमा पार्छ, त्यसले राज्यको सम्पतिमा ब्रमलुट मच्चाउछ । त्यसैले हामी पनि सचेत हुन आबश्यक छ ।


यो ५ बर्षमा जनप्रतिनिधिका जस्ता हर्कतहरु देखिए । जनता यस्तै कुराहरुको पछि लाग्दा देखिएका परिणामहरु हुन् । त्यसैले अबपछि क्षणिक लोभलालजको पछि लाग्दा हामीलाई नै नोक्सान हुन्छ । मुलुकलाई कता लैजाने भन्ने कुरा जनताकै हातमा हुन्छ । त्यसैले कसैको लोभलालजमा नपरौं । सक्षम नागरिकको परिचय दिदै सक्षम उम्मेदवार स्वविवेकले प्रयोग गरौं । त्यसले नै समृद्धिको चित्र कोर्ने छ ।साभारः अग्रिम साप्ताहिक

May be an image of 3 people and text that says '០២ सोमबार (Agrim Weekly, March.21Monday 2022) www.livedang.com विविध हाइब्रिड डेल्टाक्रोन' कति संत्रामक, कति घातक? बैशाख अगिम सम्पादकीय... पार्टी प्रवेशलाई भजाउने चुनाबी रणनीति गते स्थानीय तहको निर्वाचन तयारी राजनीतिक चनाब केन्द्रित गतीबिधि गरिरहेका महिना शेरबहादूर विगतका राजनीतिक, हिसाबले पिछडिएको समदायमा आर्थिक आस्वासन थालिएको तिकडम पार्ने सोभा, अहिलेको पार्टीको कमिटि प्रवेश गराउने, त्यही स्वास्थ्य बालबालिकाहरू किन ढिलो बोल्छन्? अभिभावकले के कुरामा ध्यान दिने ? बढिरहेको प्रलोभनमा खालका मइरहेका उति विचार, पराएर नागरिक जति पर्दैछ हुनुपर्ने देखिन्छ आफैपनि भन्छ, गनुहुंदन हामीलाई राज्यको सम्पतिमा सचेत आबश्यक जनप्रतिनिधिका देखिए अबपछि हामीलाई मुलुकलाई त्यसैले कसैको लोभलालजमा सक्षम उम्मेदवार वविवेकले प्रयोग गरी समृद्धिको चित्र त्यसले'