देव राज कँडेल
तुलसीपुर,१० पुस । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.९ स्थित सगरमाथा बाल बाटिका स्कुलले नृत्यमा पनि छलाङ मारेको छ । किताबी ज्ञान मात्रै नभई ब्यबहारिक तथा प्रयोगात्मक ज्ञानमा पनि सगरमाथा अगाडी छ, भन्ने कुरा यसले प्रष्ट पारेको छ ।
स्कुलले हालै भएको प्रदेश स्तरी नृत्य प्रतियोगितामा तृतिय स्थान हाँसिल गरेको छ । एन प्याब्सनको आयोजनामा भएको प्रदेश स्तरीय प्रतियोगितामा सगरमाथाले तेस्रो स्थान हासिल गर्न सफल भएको प्रिन्सीपल छबिकुमार वलीले बताए । उनका अनुसार जिल्लामा भएको एनप्याब्सनको नृत्य प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेपछि प्रदेशमा सहभागिता जनाउने अवसर पाएको थियो ।
चन्द्रोटामा भएको प्रदेश स्तरीय नृत्य प्रतियोगितामा तृतिय स्थान हाँसिल गरेको उनको बताए । यो संगै विद्यार्थीहरु उत्साहित भएका छन् । प्रिन्सीपल वलीका अनुसार विद्यालयले पढाई मात्रै नभई अतिरिक्त क्रियाकलापमा पनि जोड दिएकाले सोही अनुसार नतिजा आएको बताए ।‘पढाई मात्रै ठूलो कुरा होइन्, अतिरिक्त क्रियाकलाप पनि चाहिन्छ’,उनले भने‘अब किताबी ज्ञान मात्रै नभई हरेक ज्ञान हुन आबश्यक छ, त्यही अनुसार हामीले शिक्षा दिएका छौं ।’
साथै जिल्लामा भएको गायन प्रतियोगितामा सोही विद्यालयकै दिक्षा शाह तृतिय स्थान हाँसिल गर्न सफल भएकी थिइन् । प्रदेश स्तरीय प्रतियोगितामा दिक्षा शाह,गंगा चौधरी,मनिशा विक,माया मगर, प्राप्ती गिरी,मनिशा चौधरी,अञ्जली नेपालीको सहभागिता रहेको थियो ।
प्रतियोगिता शनिबार भएको थियो । तृतिय स्थान हाँसिल गरेका उनीहरुलाई १० हजार नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।
लाइभदाङ । १० पुष २०७९, आईतवार १९:२९ बजे