आए ‘खुसी एकलौटी’ लिएर गायक रविन बिष्ट(भिडियो)

काठमाडौं, ९ चैत ।

खुसी एकलौटी कहाँ हुन्छ
तिम्रो पनि हो मेरो पनि हो,
आँशु एकलौटी कहाँ हुन्छ
तिम्रो पनि हो मेरो पनि हो ।

नेपाली सुगम संगीतको यात्रामा आफ्नो नविन गीतको गायनसंगै आएका छन् गायक रविन बिष्ट । कर्णाली प्रदेशको सल्यान जिल्लाका उनी पेशाले स्वास्थ्य क्षेत्रमा आवद्ध रहेका युवा स्रष्टा हुन् । गीत हो ‘खुसी एकलौटी’‘। ‍‍

भनिन्छ नि “मान्छे एक, प्रतिभा अनेक ।” मानिसमा अनेक(अनेक प्रतिभा लुकेर, खुम्चिएर वा पारिस्थितिक अवस्थाले गर्दा सिर्जनाको मूल फुट्न दिएको हुँदैन । समय कुनैबेला आउने रहेछ र त्यो यही समय भयो उनका लागि, श्रोता र दर्शकको लागि सुन्ने र हेर्नेगरी गीतको भिडियो पनि रिलिज भयो ।


लगाव राखे, झुकाव राखे र कर्म गरे फल अवश्य पाईन्छ भन्ने मान्यता राख्ने गायक रविनलाई सुगम संगीतको यात्रामा अगाडी बढाउन गीतकार यादव उपाध्यायको गीत प्राप्ति हुनु, संगीतकार, गायक चेतन राईसंगको सहकार्य, पूराना गायक तथा उनको जीवनका पूवार्धका दिनका शैक्षिक गुरु लक्ष्मण राईलगायतको हौसला र महत्वपूर्ण भूमिका रहेको छ ।

गीतलाई चेतन राई अफिसियल युट्यूवबाट रिलिज गरिएको छ । गीतमा चर्चित युवा गायक चेतन राईले संगीत दिएका छन् । एरेन्ज सूर्य रुम्बाको रहेको छ भने अभिनयमा प्रनिमा दाहाल र प्रायदीप राईलाई देख्न सकिन्छ । श्रृंगार दीया रिजालले गरेकी हुन् । सहायक क्यामेरा मेन विशाल थापा, प्रोडक्सन म्यानेजरमा बिक्रम तामाङ रहेका छन् भने क्यामरा, भिडियो सम्पादन तथा निर्देशन फराज अर्पणको रहेको छ । यसको प्राविधिक पक्ष विशाल राईले हेरेका छन् ।

भिडियोको प्रस्तुतकर्तामा मूना बिष्ट रहेकी छन् । निर्माण पक्षले गीतको भिडियो हेरेर कलाकारलाई हौसला प्रदान गर्न र नेपाली गीत संगीलाई माया गर्न अनुरोध गरेको छ ।