मोतिपुरको भाइरल पुलमा छायांकन गरिएको तीज गीत सार्वजनिक(भिडियो)

तुलसीपुर,१० साउन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतिपुर स्थित भाइरल पुलमा छायांकन गरिएको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ ।

तुलसीपुरमा शनिबार उक्त स्थानमा छायांकन भएको ‘चट्टै माया लै लै’ बोलको तिज गीतको भिडियो सार्वजनिक गरिएको हो ।

ब्ल्याक डायमण्ड फिल्म्स प्रालिका संचालक झग्गु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, नेपाल चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयोजक शिव पुन, गायीका माया केसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

मोडल एचार मगरले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण केवि वलीले गरेका थिए ।


गीतमा रोशन वलीको शब्द रहेको छ, भने भागिरथ चलाउने र माया केसीले श्वर दिएका छन् । जसको निर्देशन झग्गु भण्डारीले गरेका छन् ।

सञ्चारकर्मी एचआर मगर र माया केसीको अभिनय रहेको गीतमा संगितको संयोजन खेमराज गौतमले गरेका थिए । उक्त तीज गीत मौलिक छ ।