दाङमा अझै पानी मुनी पुलको सास्ती

तुलसीपुर
२ भदौ / दाङमा अझै पनि पानीमुनीका पुलको सास्ती कायमै छ ।

घोराही–तुलसीपुर सडकखण्डको हापुरखोला, पत्रेखोला र सेवारखोलामा अझै पनि सहज आवतजावत हुन सकेको अबस्था छैन । त्रासैत्रासमा यात्रा गर्नुपर्ने बाध्यता छ ।

हिजोआज ति खोलाहरुमा पानीको बहाब बढ्दा स्कुटर, मोटरसाईकललाई आवतजावतमा निकै सास्ती हुने गरेको छ । ति खोलामा पुल छैनन् । पत्रे खोलामा पुल निर्माण भइरहेको छ ।