माओवादी केन्द्र दाङमा जिम्मेवारी बाँडफाँड

घोराही, ७ चैत ।

नेकपा माओवादी केन्द्र दाङमा जिम्मेवारी बाँडफाँड गरिएको छ । माओवादी केन्द्र दाङको आज घोराहीमा बसेको बैठकले जिल्ला सचिवमा विश्वराज आचार्यलाई चयन भएको छ ।

माओवादीमा स्थानीय तहहरू कार्यकारी हुने भएपछि जिल्ला समिति समन्वय समितिमा परिणत भएको छ । समन्वय समितिमा पदाधिकारी संयोजक र सचिव मात्र हुने व्यवस्था छ जस अनुरूप जिल्ला संयोजकमा यस अघि नै तुलसीराम पुन सुवास चयन भइसक्नुभएको छ ।

बैठकले निर्वाचन क्षेत्र र पालिकाहरूमा नेताहरूको जिम्मेवारी तोकेको छ । जस अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को इञ्चार्जमा लुमबहादुर कार्की चयन हुनुभएको छ । प्रतिनिधिसभा १ को सहइञ्चार्जमा रामप्रसाद घिमिरे, संयोजक भक्तु चौधरी र सचिवमा कृष्ण गिरी चयन हुनुभएको छ । प्रदेश सभा १ (क) को इञ्चार्जमा विरेन्द्र चौधरी, संयोजक धर्मराज अधिकारी र सचिवमा धनबहादुर केसी चयन हुनुभएको छ । प्रदेश सभा १ (ख) को इञ्चार्जमा अमर कँवर, संयोजक मिश्रीलाल गुप्ता र सचिवमा सुमन थारू चयन हुनुभएको छ ।


प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को इञ्चार्जमा हरिमान पुन, सह इञ्चार्जमा तुलसीराम डाँगी, संयोजक भक्तबहादुर वली र सचिवमा राजबहादुर परियार चयन हुनुभएको छ । प्रदेश सभा २ (क) को इञ्चार्जमा प्रमिता चौधरी, सह–इञ्चार्ज फनिन्द्र केसी र संयोजकमा सविराम कामी चयन हुनुभएको छ । प्रदेशसभा २ (ख) को इञ्चार्जमा अजयदीप शर्मा, संयोजक बुद्धिप्रकाश चौधरी , सचिवमा मानसिंह सुनार चयन हुनुभएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को इञ्चार्जमा भिमबहादुर वली, सहइञ्चार्जमा धिरज सेर्पाली र हिराला चौधरी, संयोजकमा गोपाल भण्डारी र सचिवमा तुलसी थापा चयन हुनुभएको छ । प्रदेश सभा ३ (क) को इञ्चार्जमा साउने चौधरी, संयोजकमा शंकर भट्टराई र सचिवमा भगवती चौधरी चयन हुनुभएको छ । प्रदेश सभा ३ (ख) को इञ्चार्जमा खर्के सुनार, संयोजक हिरा खड्का र सचिवमा गोविन्द भण्डारी चयन हुनुभएको छ ।

बैठकले पालिकाहरूको इञ्चार्ज समेत तोको छ । जस अनुसार राप्तीको इन्चार्जमा चित्रबहादुर थापा, गढवामा यमनारायण पोख्रेल, राजपुर चक्रबहादुर खड्का, लमहीमा बस्नतराज शर्मा, बंगलाचुलीमा चुडामणी नेपाली, घोराहीमा निर्मल महरा, तुलसीपुरमा प्रेमराज वली, दंगीशरणमा हिरालाल चौधरी, शान्तिनगरमा राधिका परियार र बबई गाउँपालिकामा पुनम शेर्पालीलाई इञ्चार्ज तोकिएको छ ।