सहमहामन्त्री चौधरी र केन्द्रीय सदस्य गिरीले ने.वि.सङ्घको टिकट प्रमोद भन्डारीलाई

टेकराज भण्डारी,
तुलसीपुर, ६ चैत ।
राप्ती बबई क्याम्पसमा स्थगित भएको निर्वाचन भोली (मंगलबार) हुने भएको छ । चैत्र ५ गते हुने भनिएको निर्वाचनमा नेविसंघले ताला लगाए पछि चैत ७ गते सरेको हो ।

विभिन्न संगठनका विद्यार्थीले फर्जी परिचय पत्र भएको भन्दै ने वि संघले निर्वाचन को पूर्व सन्ध्यामा क्याम्पसमा ताला लगाएको थियो । राप्ती बबई क्याम्पस तुलसिपुरमा ने.वि.संघले प्रमोद भन्डारीको टिम आधिकारिक भएको भन्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री उमाकान्त चौधरी र केन्द्रीय सदस्य गेहेन्द्र गिरी लगाएत पार्टीका नेताहरूले हस्ताक्षर गर्नुभएको छ ।

चौध वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक पनि निर्धारित मितिमा हुन सकेन ।
मतदादान बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।


प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखियता नियमित हुनसकेको छैन् । विसं २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो ।