अन्जना बिश्वकर्मा,
दाङ, २५ बैशाख ।
दंगीशरण थारूले राज गरेको ठाउँ हो– तुलसीपर ११ स्थित सुकौरा । तर, त्यो अहिले ओझेलमा छ । त्यहाँ अहिले हेर्न लाईक कुनै पनि संरचना छैनन् । प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको भ्यूटावर बनेको छ । त्यो बाहेक अन्य कुनै पनि संरचना छैनन् । बनेका संरचना पनि अलपत्र छन् । त्यहाँ दंगीशरण राजाको शालिक र हरित पार्क बनेको छ । तर, त्यो पनि अलपत्र छ । नाम हरित पार्क भएपनि त्यही कहिँकतै पनि हरियो देख्न सकिदैन । निर्माण भएको पार्कमा गरिएको तारवार पनि फालिएको छ । पार्कमा कहिलेकाही गाइभैसी चरणको क्षेत्र पनि बन्ने गर्छ । त्यहाँ रोपिएको दुवो मरिसकेको छ । त्यही पार्कमा दंगीशरण राजाको सालिक पनि राखिएको छ ।
२५ लाख लगातमा त्यहाँ पार्क र दंगीशरण राजाको प्रतिमा निर्माण भएको थियो । त्यहाँ अहिले पर्यटकको संख्या पनि शून्य नै छ । एतिहासिक ठाउँ भएकाले त्यहाँ दैनिक भरिभराउ हुनुपर्ने हो, तर, त्यस्तो हुन नसकेको स्थानीय नरबहादुर चन्दले बताए । “पहिले पहिले अलि–अलि आउथे”,उनले भने “तर,अहिले एक जना पनि आउदैनन् ।”
तर, त्यही दंगीशरणको नाम भजाएर अहिले चखौरा भने चम्किएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सञ्चालन गरेको दंगीशरण गाउँपालिका वडा नं.३ चखौरा स्थित थारू संग्राहलयमा दैनिक भीडभाड हुन्छ । संग्राहलयमा अहिले दैनिक एक हजारको हाराहारीमा संग्राहलय अवलोकन गर्ने गर्छन् । त्यहाँ दंगीशरण राजाको सालिक पनि राखिएको छ । त्यतिमात्रै होईन्, थारू समुदायका ऐतिहासिक कुराहरू पनि त्यहाँ राखिएको छ । त्यसले गर्दा थारूका हरेक ऐतिहासिक कुरा हेर्न चखौरा जाने गर्दा सुकौरालाई निकै क्षति भएको काँग्रेस नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले बताए । त्यो संग्राहलय चखौरामा नभएर सुकौरामा बनाउन आवश्यक रहेको समेत उनले बताए । त्यसले गर्दा पनि सुकौराको विकासकालागि बजेट आउन नसकेको उनले बताए ।
सुकौरामा बनाउनु पर्ने संग्राहलय चखौरा बनाउँदा निकैसमस्या परेको उनको ठम्याँइ छ । सबै गरि अहिलेसम्म करिब ६/७ करोड बजेट चखौरामा गएको छ । तर, सुकौरामा १ करोड भन्दा बढि बजेट अहिलेसम्म पनि परेको छैन । अहिले चखौरामा अन्य संरचना निर्माणका कामहरू पनि भइरहेका छन्, तर सुकौरा शून्य छ ।
नेपाल भरका थारू समुदायको पहिचान जोडिएका कुराहरू संग्राहलयमा राखिएकाले पनि त्यहाँ निकै चहल पहल हुने गरेको थारू संस्कृतिक संग्रहालयका उपाध्यक्ष शान्ता चौधरीले बताईन् । “हामीले नेपाल भरका थारू संस्कृतिक, रहनसहन, भेषभुषासंग जोडिएका पहिचानहरू त्यहाँ राखेका छौं”,उनले भनिन्“त्यसले गर्दा पनि यहाँ हेर्न आउनेको अवलोकन धेरै हुने गरेको छ ।”
नाम दंगीशरण राख्ने तर, सुकौरालाई दंगीशरणमा नमिलाउदा पनि सबै बजेट दंगीशरण स्थित चखौरामा गएको त्यहाँका नागरिकको गुनासो छ । दंगीशरण नामकरण गर्दा सुकौरालाई पनि दंगीशरणमै मिसाएको भए त्यहाँको विकासले फड्को मार्ने उनले बताए ।
त्यहाँ थारू राजा दंगीशरण र थारू समुदायले प्रयोग गर्ने सामाग्रीहरू राखिएका छन् । उक्त संग्राहलयमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलवस्तु लगायत पूर्वी नेपालका थारू समुदायहरूले प्रयोग गर्ने सम्पूर्ण वस्तुहरू राखिएको छ । त्यसकालागि डिल्ली चौधरीको आफ्नै आईएनजीओ बेसले सहयोग गरेको थियो । उक्त संग्राहलयको अवलोकनका लागि रू.५० प्रवेश शूल्क लाग्ने गर्छ । विद्यार्थी, एकल महिला, असहाय, अपाङ्गता भएका व्यक्तीलाई भने रू.३० मात्रै लाग्ने गर्छ ।
संग्रयमा हालसम्म झन्डै पाँच हजार जति आदिवासी थारू जातिका कला संस्कृति झल्कने भेषभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरणसमेत राखिएको छ । धर्तीपुत्र दावी गर्ने थारू समुदायको जीवनीसँग सम्बन्धित विभिन्न कृषि औजार, कला र कलासंस्कृति झल्कने वस्तुहरू राखिएको छ । खानाको परिकार समेत राखिएको छ । त्यहाँ घुँङी, सुँगुर बँगुरको मासु, मुसाको चटनी, माछा, गंगटा, चामलको पीठोबाट बनाईने ढीक्रि, अनदीको परिकार, अनदीको झोल, मदीरा लगायत थारू समूदायको खानाको परिकारहरू समेत पाईन्छ । त्यहाँ खानेकुरामा पनि बाहिर भन्दा निकै महंगो छ।
सुकौराकोटको इतिहास
सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ । राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दंगीशरण राजा गर्मी छल्न जाने जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ । सुकौराकोटदेखि सीधै दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किम्वदन्ती रहेको छ । त्यस्तै राजाको दरबार रहेको ठाउँदेखि उत्तरमा पर्ने वनमा दंगीशरणले सिकार खेल्ने गर्थे ।
दंगीशरण रानीवनको साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती रहेको छ । उनका अनुसार दंगीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दंगीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए ।
हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ । सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन् । बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो । बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो । मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे ।
राजकाज गर्ने क्रममा जनताको पिरमर्का बुझ्न दंगीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरूवाको पानी पिउने गरेको थारू अगुवा रामशरण चौधरीले बताए । अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दंगीशरणले दंगीशरण गाउँपालिका–१, रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ । त्यस ठाउँमा अहिले पनि ढुंगाजस्तो देखिने चिल्लो खालको प्राचीन रूपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ । राजा दंगीशरणले आफूसँग भएका रूपैयाँ, पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ ।
पशुपालन गर्दै दंगीशरण गाउँपालिका–१, रहरपुरस्थित चुरै पर्वतको फेदमा आइपुगेका गोपाल वंशका बाह्रजना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ । गाई, भैँसी चराउँदै आएका बाह्रजना ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ । १२ ग्वालाले आफूमध्येका एकजनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ ।
खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वक् पर्वत’ भनिन्छ । पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ । चुरे पर्वतअन्तर्गत दंगीशरण गाउँपालिका–१, मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन् । बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन् ।
विस १९४२ मा दंगीशरण गाउँपालिका–४, बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा ‘सतीदेवी’ मन्दिर निर्माण गरिएको छ । उनी सती जाने बेला सतीप्रथा अन्त्य भइसकेको थियो । सती मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल थियो । रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सती जाने इच्छा गनरिन । तर, प्रहरी, प्रशासनले रोक लगाए । तैपनि उनले पतिसँग सती गएरै छाड्ने अडान लिएको किम्बदन्ती रहेको छ ।
पूर्वसांसदः बुद्धिराम भण्डारी
१३ लाख पर्खाल । भ्यूटावर १९ लाख हालेको २ तला बने । प्रदेशले ३० लाख पर्खाल बन्यो । पार्क बनेको छ ः २५ लाख बन्यो । ५ लाख पर्खाल पुरा । १५ लाख गेट र भत्किएको पर्खाल । अहिले पुरातत्व विभागले उत्खनन् स्थानम माथि उजाडर गर्नकालागि ४० लाख पुराना इटाका ११ लामो ९ चाख्लो । त्यो रकम मन्त्रालयले रोकेको हुँदा आउन सकेको छैन । त्यो पैसा ल्याएर इट्टा पार्ने । प्रदेश सरकारले २० लाख सामान्य संग्राहलय बनाउने र दक्षिण पोखरी राजाकोट मर्मत सुधार गर्ने । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । २५ बैशाख २०८०, सोमबार १३:०९ बजे