शान्ति र समुन्नतिका लागि सामाजिक न्यायको प्रत्याभूति आबश्यक

सुशील बस्नेत

दाङ,७ चैत । 


शान्ति र समुन्नतिका लागि सामाजिक न्यायको प्रत्याभूति आबश्यक रहेको तुलसीपुरमा आयोजित कार्यक्रममा अधिकारकर्मीहरुले बताएका छन् । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले सोमबार मार्च २१ को सन्र्दभमा तुलसीपुरमा आयोजना गरेको जातिय छुवाछुत बिरुद्ध शान्ति र समुन्नतिका लागि सामाजिक न्यायको प्रत्याभूति बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि अधिकारकर्मीहरुले लामो संघर्षबाट प्राप्त नेपालको संबिधान २०७२ मा उल्लेख गरिएका बुँदालाई उपलब्धिका रुपमा लिनुपर्ने बताएका हुन । तर संबैधानिक ब्यबस्था हुदा पनि कार्यान्वयनको पक्ष भने कम्जोर भएको भन्दै चिन्ता ब्यक्त समेत उनिहरुले गरेका छन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रतिनिधि एवम वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछानेले जातिय छुवाछुतको अन्त्यका लागि स्थानीय सरकारले बिभिन्न किसिमका योजना तथा कार्यक्रम मात्र होईन रणनीति समेत बनाएको बताउनुभयो । सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत,केन्द्रिय सचिब निर्मल नेपाली,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का वडा सदस्य द्धय साबित्रा गुरुङ र मधुमति सुनार,नेपाल दलित संघ लुम्बिनी प्रदेशका सहसचिव खेमराज बिश्वकर्मा,दलित नागरिक समाज दाङका संयोजक छवी परियार,ओरेक नेपाल दाङका संयोजक ईश्वरा थापा,महिला मानव अधिकार रक्षक सञ्जाल दाङका सचिब पद्मा चौधरी,नेपाल पत्रकार महासंघ दाङका प्रतिनिधि शरद रेग्मी,अपाङ समाज सुधार केन्द्रका अध्यक्ष हुमकान्त कँडेल,शान्ति समाज दाङका उपसभापति नविन पोख्रेल लगायतले जातिय छुवाछुत बिरुद्ध बनेका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनलाई सबैले ब्यबहारमा लागु गर्ने बताउनुभयो । उहाहरुले भन्नुभयो,सबै एक साथभई अभियान सञ्चालन गर्नुपर्छ । शान्ति समाज दाङ शाखाका सभापति तुलसीराम सुनारको सभापतित्वमा भएको कार्यक्रममा शान्ति समाजले तयार पारेको जातिय छुवाछुत बिरुद्धको अबधारण पत्र सचिब निर्मला योगीले प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तयब्य कोषाध्यक्ष कोमल डिसी र सहजिकरण सहसचिब उषा गौतमले गर्नुभएको थियो ।